You are viewing the translated version of केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३ मा संशोधन.

Section 37
केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३ मा संशोधन
केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३ को,-

(१) दफा ३ को,- (क) उपदफा (१) मा रहेका “चार प्रति“ भन्ने शब्दहरूको सट्टा “पाँच प्रति“ भन्ने शब्दहरू राखिएका छन्‌।

(ख) उपदफा (४) मा रहेका “अन्य एक/एक प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र: सङ्घीय संसद सचिवालयमा पठाउनु पर्नेछ“ भन्ने शब्दहरूको सट्टा “एक/एक प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय संसद सचिवालयमा तथा दुई प्रति कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउनु पर्नेछ“ भन्ने शब्दहरू राखिएका छन्‌।

(२) दफा ५ को,- (क) उपदफा (१) मा रहेका “तीन प्रति“ भन्ने शब्दहरूको सट्टा “चार प्रति“ भन्ने: शब्दहरू राखिएका छन्‌।

(ख) उपदफा (६) मा रहेका “अन्य. एक/एक प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउनु _पर्नेछ“ भन्ने शब्दहरूको सट्टा “एक प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र दुई प्रति कानून, न्याय तथा “संसदीय मामिला मन्त्रालयमा पठाउनु पर्नेछ“ भन्ने शब्दहरू राखिएका छन्‌।